राष्ट्रिय ध्वज फहराउन आग्रह

governor._905

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यवासीहरूलाई आफ्नो-आफ्नो घरमा राष्ट्रिय ध्वज फहराउन आह्वान गरेका छन्।

राज्यपालले आज जारी सन्देशमा भनेका छन्, ‘हाम्रो राष्ट्रिय ध्वज हाम्रो गर्वको प्रतीक हो। सम्पूर्ण सिक्किमेली जन समुदायलाई १३ अगस्तदेखि १५ अगस्त, २०२३ सम्म आफ्नो निजी वासस्थानमा राष्ट्रिय ध्वज फहराउन आग्रह गर्दछु। हर घर तिरंगा’।

About Author

Advertisement