राज्यपालले माथुरले दिए माघे संक्रान्तिको शुभकामना

IMG-20250114-WA0324

गान्तोक: हिन्दु धर्मावलम्बीहरुको महान पर्व माघे संक्रान्तिको शुभ अवसरमा राज्यका राज्यपाल ओम प्रकाश माथुरले राज्यबासीलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। राज्यपालले जानकारी गराए अनुसार माघे संक्रान्ति भारतदेश अनि संस्कृतिको एक महत्वपूर्ण पर्व हो,जो सूर्य धनु राशिदेखि मक्कर राशिमा प्रवेश गर्ने प्रतिककोरूपमा मानिन्छ। यो दिन हाम्रो जीवनमा नयाँ ऊर्जा,सकारत्मक अनि प्रकाश सञ्चार गर्ने आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। आजको दिन हाम्रो किसान दाज्यु भाइहरूको अथर परिश्रमलाई सम्मान गर्ने दिन रहेको उनले बताएका छन्। यस अवसरमा राज्यका सबै मानिसहरू मिलेर एक अर्कामा प्रेम, सौहार्द र भाइचाराको साथमा मिलेर मनाउने राज्यपालले आग्रह गरेका छन्।

यसपर्वले राज्ययका सम्पूर्णबासीलमा खुशीयाली, समृद्धि अनि शान्ति लिएर आउने विश्वास व्यक्त गर्दै यस पर्वलाई सबैले खुशीपूर्वक मनाउनु पर्ने सुझाउ दिएका छन्।

About Author

Advertisement