राज्यपालले दिल्लीमा सिक्किमका अधिकारीहरूसॅंग बैठक

Untitled-1-copy-5

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको अध्यक्षतामा बिहिवार नयॉं दिल्लीस्थित सिक्किम हाउसमा एक बैठक आयोजन गरियो। बैठकमा दिल्लीमा प्रतिनियुक्त सिक्किम सरकारका अधिकारीहरू, सिक्किम हाउसका अधिकारीहरू र कर्मचारीहरूसित विभिन्न विषयहरूमाथि चर्चा गरियो।

बैठकमा विशेष रूपले सिक्किममा प्रचुर सम्भावनाहरूलाई ध्यानमा राख्दै राज्य र केन्द्रसॅंग राम्रो समन्वयका लागि धेरै विकास बिन्दुहरूमाथि उपयोगी चर्चा गरियो। यस अवधि राज्यपालले विभिन्न जानकारीहरू पनि प्राप्त गरेका छन्। सिक्किमलाई राष्ट्रिय स्तरमा अग्रसर बनाउने दिशामा यो बैठक महत्वपूर्ण रहेको राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

Advertisement