राज्यपालले दिए सोनम लोछार पर्वको शुभकामना

IMG-20240210-WA0157.jpg

गान्तोक: तामाङ समुदायको महान पर्व सोनम लोछारको शुभ अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यबासीलाई बधाई एवम शुभकामना दिएका छन्। विशेष गरेर उनले तामाङ समुदायलाई शुभकामना दिँदै तामाङ समुदायले मनाउने यो पर्व नयाँ आशा र नयाँ शुरूवातको प्रतिक रहेको बताएका छन्। यस पर्वले राज्यबासीमा खुशी,शान्ति, एकता र सदभावना कायम राख्न सक्ने उनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

About Author

Advertisement