राज्यपालले दिए राज्य दिवसको अवसरमा राज्यबासीलाई शुभकामना

IMG-20230306-WA0294.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले ४८औं राज्य दिवसको अवसरमा राज्यबासीलाई हार्दिक बधाई एवम शुभकामना दिएका छन्। आजदेखि सिक्किमले आफ्नो प्रजातन्त्र प्रणालीको ४८औं वर्ष पार गरिसकेको राज्यपालले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। विश्वको सबै भन्दा ठूलो लोकतन्त्र देशमा स्वेच्छाले सिक्किम १६ मई १९७५मा अन्तर्भूक्त भएको हो। सिक्किमबासीको निम्ति अहिलेसम्मको यात्रा अतयन्त्र अविष्मरणीय र सार्थक भएको राज्यपालले बताएका छन्। सिक्किम राज्यले विलयपछि प्रजातान्त्रिक प्रणालीमा सामाजिक, आर्थिक, सांस्कृतिक आदिमा अभूतपूर्ण विकास गरेर उदाहरण प्रस्तुत गरेको जानकारी गराएका छन्।सिक्किम एक शान्तिप्रिय राज्य रहेको र यहाँको प्राकृतिक धरोहर, राज्यबासीको संवेदनशील धार्मिक परम्परा साथै जातिय एकता देशको अन्य राज्यको निम्ति प्रेरणाको स्रोत बनेको उल्लेख गरेका छन्। राज्य दिवसको अवसरमा राज्यपालले आफ्नो राज्यलाई एक जुट भएर काम गर्नुपर्ने साथै सिक्किमको प्रगति र समृद्धिलाई नयाँ उँचाइमा पुऱ्याउने अपील गरेका छन्। उनले सिक्किम राज्यलाई विकासको बाटोमा लैजानको निम्ति प्रतिवद्धता व्यक्त गर्दै राज्यबासीले यहाँको शान्ति अनि भाइचारालाई कायम राख्नुपर्ने आग्रह गरेका छन्।

About Author

Advertisement