राज्यपालले दिए राज्यवासीहरूलाईटेण्डोङ ल्हो रुम फाटको शुभकामना

photocollage_20241011162117124

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले टेण्डोङ ल्हो रुम फाटको शुभ अवसरमा सम्पूर्ण राज्यवासी, विशेषगरि लेप्चा समुदायलाई हार्दिक शुभकामना दिएका छन्।
आज जारी आफ्नो सन्देशमा, राज्यपालले राज्यवासीहरूलाई प्रकृति प्रेमी बताउॅंदै, ‘राज्यका जनताले सदैव प्रकृतिप्रति गहन प्रेम र संरक्षणको भाव राख्दै आएका छन्’ भने।
प्रकृतिको उपसना केवल सांस्कृतिक परम्परा होइन, तर यो हाम्रो जीवनदायिनी प्रकृतिप्रति सम्मानको अभिनन्दनीय उदाहरण पनि हो।’
राज्यपालले यो पर्व लेप्चा समुदायद्वारा टेण्डोङ पर्वतप्रति श्रद्धा र सम्मानको प्रतीक रहेको बताएका छन्। यस दिन उनीहरूले आफ्नो विश्वासलाई जिउॅंदो राख्दै विपत्ती र विनाशहरूबाट रक्षाको लागि टेण्डोङ पर्वतको आराधना गर्छन् र विशेष अनुष्ठानहरूको आयोजन गर्छन भनी बताएका छन्। उनले प्रकृतिसॅंग सम्बद्ध आस्थाहरूलाई हाम्रो अमूल्य सांस्कृतिक धरोहर बताउॅंदै यसको संरक्षणको लागि आह्वान पनि गरेका छन्।
राज्यपालले यस पावन पर्वमा सबैले प्रकृतिप्रति आफ्नो श्रद्धालाई अझ धेरै सुदृढ बनौं तथा सांस्कृतिक एकता र पर्यावरण संरक्षणको संकल्पलाई अगाडि बढौं भनी आह्वान पनि गरेका छन्।

About Author

Advertisement