गान्तोक: राज्यका राज्यपाल ओम प्रकाश माथुरले भारत रत्न पुरस्कारले सम्मानित देशका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको १ सय जन्म जयन्तीको अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरे। उनले राज भवनमा स्वार्गीय वाजपेयीको तस्विरमा माल्यार्पण गर्दै उनलाई भावपूर्ण श्रद्धाञ्जली चढाएका हुन्। स्वार्गीय बाजपेयीसँग आफ्नो लामो समयसम्म घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै उनीसँग धेरै वर्षसम्मसँगै काम गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन्। बाजपेयीको सार्वजनिक जिवन अनि राष्ट्रपतिको समर्पित भावना सदैको निम्ति स्मरणीय रहने छ भने नयाँ पिढीको निम्ति उनले प्रेरणाको स्रोत बनिरहनेका बताएका छन्।









