राज्यपालले दिए डाक्टर्स डेको शुभकामना

photocollage_2024630232310411

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले डाक्टर्स डे को अवसरमा समर्पित डाक्टरहरू र स्वास्थ्यकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, डाक्टर्स डे को विशेष अवसरमा म सबै डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई ह्रदयको गहिराइबाट आभार एवं शुभकामना व्यक्त गर्दै तपाईहरूको निस्वार्थ सेवा र कर्तव्यनिष्ठालाई नमन गर्दछु। तपाईहरूको मेहनत र समर्पणले समाजलाई स्वास्थ्य र सुरक्षा प्रदान गरेको छ।

राज्यपालले अझ भनेका छन्, तपाईहरूको परिश्रम र त्यागले हाम्रो स्वास्थ्य तन्त्रलाई सशक्त बनाएको छ, साथै हाम्रो कठिन समयमा ईश्वरको रूप बनेर हामीलाई विश्वास र हिम्मत पनि दिनु भएको छ। तपाईहरूको अमूल्य योगदानको निम्ति हामी सदैव आभारी रहनेछौ।

About Author

Advertisement