राज्यपालले गरे श्रीनाथ मन्दिरको दर्शन

IMG-20250215-WA0184

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजस्थानको श्रीनाथ मन्दिरको दर्शन गरे। यस दर्शन अवधि उनले मन्दिरमा पूजा अर्चना गरेर सम्पूर्ण देशवासीहरूको निम्ति शान्ति, समृद्धि र खुशीको कामना गरे।
आज राजभवनद्वारा जारी विज्ञप्ति अनुसार, कार्यक्रमको शुरुवात मन्त्रोच्चारण र भगवान श्रीनाथजीको प्रतिमामा पुष्पाञ्जलि अर्पित गरेर गरियो। यसपछि, राज्यपालले आरती गरे अनि सबैको शान्ति र समृद्धिको निम्ति प्रार्थना गरे। यस अवसरमा भारी संख्यामा स्थानीय मानिसहरू पनि उपस्थित थिए।

About Author

Advertisement