राज्यपालले केन्द्रीय मन्त्री मिश्रासँग राज्यको वर्तमान अवस्थाबारे चर्चा

IMG-20231008-WA0001.jpg

गान्तोक: सिक्किमको वर्तमान स्थितिबारे जायजा लिन आएका केन्द्रीय गृह राज्य मामिला मन्त्री अजय कुमार मिश्राले आज राज्यका राज्यपाल लक्ष्मण प्रसादसँग राज भवनमा भेट गरे। भेटको क्रममा विशेष गरेर सिक्किम राज्यमा लोहनार्क झील परिसरमा बादल फाटेपछि उत्पन्न भएको समस्या र यसको समाधानलाई लिएर चर्चा परिचर्चा गरेको जानकारी गराइएको छ। केन्द्रीय मन्त्रीले राज्यका प्रभावित परिवारलाई केन्द्र सरकारको तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने प्रतिवद्ध्ता व्यक्त गरेका छन्। उल्लेखनीय छ, गत केही दिन अघि उत्तर जिल्लामा अवस्थित लोहनार्क झीलमा बादल फाटेपछि सिक्किम लगायत पश्चिम बंगाललाई पनि धेरै क्षति पुऱ्याएको छ।

About Author

Advertisement