राज्यपालले कृषि विश्वविद्यालयमा कुलपति नियुक्त

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले विधानचन्द्र कृषि विश्वविद्यालयको अन्तरिम कुलपतिको रूपमा प्रोफेसर डाक्टर गौतम साहालाई नियुक्त गरेका छन्। राजभवनको तर्फबाट मंगलवार जारी बयानमा यसबारे जानकारी दिइएको छ। बयानमा भनिएको छ, विश्वविद्यालयका एग्रीकल्चरल मेटियोरोलोजी र फिजिक्स डिपार्टमेन्टका प्रमुख प्रोफेसर गौतम साहालाई राज्यपालले कुलपति नियुक्त गरेका छन्।

यसअघि पनि राज्यपालले राज्यका ११ विश्वविद्यालयहरूमा कुलपति नियुक्ति गरेका थिए जसपछि राज्य सरकारले प्रश्न चिह्न खड़ा गरेको थियो। विभागलाई जानकारी नदिइ नियुक्ति गरिएको राज्य शिक्षा विभागले आरोप लगाएको थियो। यसै क्रममा अब कृषि विश्विद्यालयको कुलपतिको नियुक्तिलाई लिएर शिक्षा विभागको प्रतिक्रियामाथि नजर छ।

About Author

Advertisement