राज्यपालद्वारा गौशालाको भ्रमण

IMG-20250307-WA0320

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले आज राजभवन परिसरमा नवनिर्मित गौशालाको भ्रमण गर्दै गाई पूजा गरे। यस अवसरमा राज्यपालले गोठमा ल्याइएका गाईलाई विधिवत पूजा गरेर राजभवन परिवारमा स्वागत गरेका थिए। यस अवसरमा राज्यपालले भारतीय संस्कृतिमा गाईको विशेष महत्त्व रहेको र यसको हेरचाह र संरक्षण गर्नु सबैको कर्तव्य भएको बताए। उनले गाईलाई फलफूल र चारो खुवाएर पूजा गरेका थिए। यस अवसरमा राज्यपालले गौशालामा गाईपालनका लागि लागि चिकित्सा सेवा, सरसफाइ, पौष्टिक आहार र आवासबारेमा पनि जानकारी लिए। यसमाथि विशेष ध्यान दिनुपर्ने कुरामा जोड़ दिएका थिए।

About Author

Advertisement