राज्यपालको हस्तक्षेपपछि बिजुली आपूर्तिमा सुधार

IMG-20241004-WA0329

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरको हस्तक्षेप पछि उत्तर सिक्किमको बाढी प्रभावित क्षेत्र थाङ्गुमा बिजुली आपूर्तिमा उल्लेखनीय सुधार आएको छ। यसको निम्ति राज्यपालले राज्य सरकारको ऊर्जा विभागको कामको सराहना गरेका छन्। उल्लेखनीय छ, हालै राज्यपाल उत्तर सिक्किमको भ्रमाणमा गएका थिए। त्यसै भ्रमणअवधि गत वर्ष अक्टोबर महिनामा नै टिस्टा नदीमा आएको प्रलयकारी बाढीको चपेटमा आएको थाङ्गु क्षेत्रमा अझसम्म पनि बिजुली आपूर्ति सुचारु नभएको कुरा उनको संज्ञानमा आएको थियो। यस कुरालाई गम्भीरतासित लिँदै राज्यपालले गान्तोक फर्केपछि ऊर्जा विभागलाई यस बारेमा तत्काल पहल गर्ने निर्देश दिएका थिए। राज्यपाल माथुरको निर्देशमाथि ऊर्जा विभागले त्वरित रुपमा काम गर्दै थाङ्गु क्षेत्रमा बिजुली आपूर्तिलाई सुचारु गरको छ। यसले स्थानीयवासीहरू साथै त्यस क्षेत्रमा तैनाथ भारतीय सेनाका जवानहरूलाई पनि ठूलो राहत प्राप्त भएको छ। यस बारेमा प्रशन्नता व्यक्त गर्दै राज्यपाल ओम प्रकाश माथुरले राज्य सरकारको ऊर्जा विभागको मुग्धकण्ठले प्रशंसा गरेका छन्। “बाढी पछिको कठिन र प्रतिकूल परिस्थितिमा पनि ऊर्जा विभागले थाङ्गु क्षेत्रमा बिजुली आपूर्ति गरेर सराहनीय कार्य गरेको छ”, उनले भनेका छन्।

About Author

Advertisement