राज्यपालको बुम-चू पर्वको अवसरमा शुभकामना

WhatsApp-Image-2024-07-28-at-14.38.55-1-1536x863

गान्ताेक: राज्यपाल ओमप्रकाश माथुरले बुम-चू पर्वको पावन अवसरमा सिक्किमवासीहरूलाई हार्दिक शुभकामना दिँदै प्रत्येक घरमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। उनले आफ्नो सन्देशमा भने, “बुम-चू पर्व केवल एक धार्मिक अनुष्ठान मात्र होइन, यो हाम्रो प्रदेशको अद्वितीय संस्कृति, आस्था र परम्पराको प्रतीक हो। टाशीडिङ गुम्पामा सुरक्षित पवित्र कलशबाट प्राप्त जलले शान्ति, समृद्धि र सद्भावको सन्देश दिन्छ।”
गुरु पद्मसम्भवको आध्यात्मिक धरोहरको स्मरण गर्दै राज्यपालले थपे, “यो पर्वले हामीलाई आत्मिक शान्ति, आपसी सहयोग र एकताको मूल्यको बोध गराउँछ। यस पावन परम्पराले सिक्किमवासीहरूलाई आफ्नो सांस्कृतिक जरा संग जोडिरहन र भावी पुस्तालाई आध्यात्मिक मूल्यहरूको संरक्षण र संवर्धनको प्रेरणा दिन्छ।”
राज्यपालले सिक्किमको सांस्कृतिक धरोहरको संरक्षण गर्दै यसलाई अगाडि बढाउने संकल्प लिन आह्वान गर्दै, बुम-चू पर्वले प्रत्येक घरमा सुख, शान्ति र समृद्धिको सञ्चार गरोस् र समाजमा प्रेम र भाइचारालाई अझ सुदृढ बनाओस् भनी कामना पनि गरे।

About Author

Advertisement