राज्यपालकाे सिक्किमवासीहरूलाई पुहगल परिमको अवसरमा बधाई एवं शुभकामना

SAVE_20221206_230938.jpg

गान्तोक। सिक्किमका राज्यपाल गंगा प्रसादले सिक्किमवासीहरू विशेष रूपमा भुजेल समुदायलाई पुहगल परिमको अवसरमा बधाई एवं शुभकामना दिएका छन्।

राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘यो चाड भुजेल समुदायद्वारा मार्गशीर्ष पूर्णिमादेखि पञ्चमीसम्म ५ दिन नदीको किनारमा मनाउने गरिन्छ।

चाडमा पञ्च तत्वहरूको पूजाको माध्यमद्वारा प्रकृति आमाको पूजा र राम्रो फसलका लागि पूर्खाहरूलाई धन्यवाद दिने गरिन्छ।’

राज्यपालले सबै प्राणीहरूको कल्याणको निम्ति प्रार्थना गर्ने तथा चाडको माध्यमद्वारा प्रकृति आमाप्रति कृतज्ञता ज्ञापन गर्न आह्वान गरेका छन्।

About Author

Advertisement