राज्यको २६ हजार अधिक शिक्षक अनि कर्मचारीहरु नियुक्तिलगायत एसएससी २०१६ सम्बन्धी सर्वोच्च अदालतद्वारा जारी निर्देशलाई स्वागत

IMG-20250403-WA0249

दार्जीलिङ: शिक्षक अनि गैर शिक्षण कर्मचारी नियुक्ति गर्ने जीटीए सभाको कथित भ्रष्टचार विरुद्ध थप मुद्दा दर्ता गरिएको सुदन गुरूङले बताएका छन्।‌ उच्च न्यायालयको मेण्डाटोरी अर्डर भनेर सेप्टेम्बर यता जीटीए सभाले शुरु गरेको शिक्षक अनि गैर शिक्षण कर्मचारी नियुक्तिलाई उनले असंवैधानिक एवं गैर कानुनी भनी ठहर गरेका छन्।‌ यसबीच राज्यको २६ हजार अधिक शिक्षक अनि कर्मचारीहरु नियुक्तिलगायत एसएससी २०१६ सम्बन्धी सर्वोच्च अदालतद्वारा जारी निर्देशलाई प्रशिक्षित बेरोजगार युवा कल्याण अनि प्रशिक्षित बेरोजगार प्राथमिक शिक्षक सङ्गठनको पक्षबाट स्वागत जनाउँदै जीटीए सभा क्षेत्रको गैर नियुक्तिबारे चाँडै निदेश आउने अनि प्रताडित शिक्षकहरुले न्याय पाउने गुरूङले दावी गरेका छन्।

About Author

Advertisement