खरसाङ: आज जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको नेतृत्वमा खरसाङको लङ्भ्यू कमानका छवटा ट्रेड युनियनका प्रतिनिधिहरु, क्षेत्रीय सभासद कल्पना प्रधान, सन्त मेरिज ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान मणिराज डुम्जनले राज्यको श्रममन्त्री मलय घटकसँग भेटवार्ता गरेका छन्। उक्त बैठकपछि जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले कोलकाताबाट जानकारी दिँदै भने, “भेटघाट सौहार्दपूर्ण रह्यो। मन्त्रीलाई जीटीए प्रमुख अनित थापाले अगावै जानकारी दिई सकेको मन्त्रीले बताएको जानकारी गराएका छन्। यस भेटघाटमा मन्त्री घटकको सुझाव अनुसार एक हप्ताभित्र कोलकातामा मन्त्री स्तरीय त्रिपक्षीय बैठक बोलाइने छ। बैठकमा मालिक, ट्रेड युनियन अनि सरकार पक्ष उपस्थित रहेनछन्। त्यही सभामा सरकारले चिया बगानको सञ्चालनमाथि चुडान्त निर्णय सुनाउने मन्त्रीले प्रतिनिधि मण्डललाई बताए।”
खरसाङको लङभ्यू चिया कमानको सञ्चालन विभिन्न कारणले अस्थिर रहेको छ। यसै अस्थिरतालाई सुल्झाउन विगत केही दिन अघि बगान सञ्चालनसँग सम्बन्धित छवटा ट्रेड युनियनका प्रतिनिधिहरूले जीटीए मुख्य कार्यपाल अनित थापालाई भेट गरेका थिए। त्यस समय अनित थापाले जीटीए सभाका डेपुटी चेयरम्यान राजेस चौहानको नेतृत्वमा कोलकाता गई श्रम मन्त्रीलाई भेट्ने निर्देश दिएका थिए।








