राज्यकी मुख्यमन्त्रीसित बैठक गर्नलाई अनित थापा कोलकोता प्रस्थान

IMG-20220705-WA0155.jpg

सिलगढी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा राज्यकी मुख्यमन्त्री ममता बनर्जीसंग बैठक गर्न कोलकाता प्रस्थान गरेका छन्। भोलि मुख्यमन्त्री ममता बनर्जीसंग बैठकमा भाग लिनलाई अनित थापा कोलकोता प्रस्थान गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको कोलकाता प्रस्थान गर्न अघि बाघडोगरा हवाइ अड्डामा पत्रकारसंग बोल्दै अनित थापाले भोलि माननीय मुख्यमन्त्री ममता बनर्जीसंग मेरो बैठक छ। त्यही बैठकमा भाग लिनु म कोलकाता जाँदैछु भनी बताएका छन्।
उनले जीटीए चुनावको जीत खुशीभन्दा पनि चुनौती बेसी छ भन्दै जीटीएको ४५ जना सभासदहरूलाई लिएर नै काम गर्नेछु भन्दै मलाई राजनीतिभन्दा पनि बेसी पहाडको सम्वृद्धि हेर्नु छ भनी बताएका छन्। पत्रकारहरूले सोधेका एक प्रश्नको उत्तरमा अनित थापाले दिल्लीमा खुट्टा राख्नु सक्दैन भन्ने बयान अपरिपक्का बयान हो भन्दै सायद बयान दिने भाई अस्वस्थ्य होला र नै यस्तो बयान केटाकेटीले दिएको बयान जस्तो हो भनी बताए। उनले अजय भाई चुनावमा हारेर सायद डिस्टर्ब भएको जस्तो लाग्दैछ भनी बताउँदै पब्लिकले हामीलाई म्यान्डेट दिएको छ त्यो पनि बहुमतको म्यान्डेट र जीटीएको चौकीमा बसेपछि सम्झौता अनुसार म राज्य अनि केन्द्र दुवै पक्षसंग बात गर्न सक्छु भनी बताएका छन्।

About Author

Advertisement