गान्तोक: आज सितामस्थित प्रदेश कार्यालयमा राज्यभरिका विभिन्न स्तरका कार्यकर्ताहरूसित समन्वय बैठक साथै स्वागत एवं अभिनन्दन कार्यक्रम भारतीय जनता पार्टी, सिक्किम प्रदेशका नवनियुक्त प्रदेश अध्यक्ष डीआर थापा एवं पार्टी विधायक दलका नेता एनके सुब्बाको उपस्थितिमा सम्पन्न भयो।समारोहमा पार्टीका पूर्व प्रदेश अध्यक्ष डीबी चौहानको पनि विशेष उपस्थिति रहेको थियो। यस अवसरमा विधायकगण उगेन ग्याछो भोटिया, केएस लेप्या, फरवन्ती तामाङ, राजकुमारी थापा,उपाध्यक्षगण एसबी कार्की, अर्जुन राई, महासचिव भरत दुलाल, सुदीप प्रधान लगायत राज्य, जिल्ला अनि मण्डल समितिका पदाधिकारीगण साथै कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। नवनियुक्त अध्यक्ष एवं विधायक दलका नेताको भव्य स्वागत एवं अभिनन्दनसँगै शुरू भएको आजको कार्यक्रममा पार्टी महामन्त्री भरत दुलालले संगठनको विद्यमान स्थितिमाथि प्रकाश पारेका थिए।










