सिलगढी: ‘यदि उनीहरूले हामीमाथि दुई राउन्ड गोली चलाए भने, हामी उनीहरूमाथि चार राउन्ड गोली चलाउँनेछौं। हामीलाई यसैको लागि तालिम दिइएको होl आम जनताको सुरक्षाको जिम्मेवारी हाम्रो काँधमा छ’, राज्य पुलिस महानिदेशक राजीव कुमारले सिलगढीमा पत्रकारहरूलाई सम्बोधन गर्दै यसो भने। राज्य पुलिस महानिदेशकले पुलिसमाथि गोली चलाएको घटना अस्वीकार्य भएको बताए। अभियुक्तलाई कुनै पनि हालतमा उन्मुक्ति दिइने छैन। राज्यका पुलिस महानिदेशक राजीव कुमारले सिलगढीमा पत्रकारहरूलाई सम्बोधन गर्दै पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको र यस घटनाका सबै अभियुक्तहरूलाई चाँडै पक्राउ गरिने बताए।










