राजेशपायल राईको ‘जानु ए जानु’को म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भीडियो)

00-1-A-1

टीआरआई समाचार  

काठमाडौं: गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ। भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड छन्।

नवनारी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको भिडियोमा आभा र बद्रीलाई रोमान्टिक भावमा देखाइएको छ। निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र सुवास तिमिल्सिनाको मेकअप छ। संगीतकार विनोदका यसअघि ‘रात पनि दिन हुन्थ्यो’, ‘तिम्रा हजार गल्ती’, ‘औला गन्दैछु’, ‘बाटोमा हिँड्दा देखेको उनीलाई’लगायतका गीत चलेका गीतमा पर्छन्। उनका झण्डै ३० गीत युट्युबमा रिलिज भइसकेका छन्। उनले स्वदेश गान तथा भजन गीतमा पनि स्वर दिएका छन्। उनले ‘जानु ए जानु’ गीत चार वर्षपछि बजारमा ल्याएका हुन्।

About Author

Advertisement