राजु बिष्ट भनेको जनताको आवाज हो, जनताले रोजेको हो: सन्दिप लिम्बू

Screenshot_20240331_153120_WhatsApp.jpg

दार्जीलिङ: गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बाको नेतृत्वमा चौध वटा समष्टिका प्रतिनिधिबर्ग संग गोरामुमो अध्यक्ष मन घिसिङ संग केन्द्रीय कार्यलयमा चुनावी सभा बसेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। अध्यक्ष मन घिसिङ संग चुनावी रणनीति तयार पार्दै ब्राञ्च कमिटी अन्तर्गत चौध वटा समष्टिले अब सांसद राजु बिष्टलाई भारी मतले जिनाउनको निम्ति कुनै कसर नछाड्ने ब्राञ्च कमिटी महासचिव सन्दिप लिम्बुले बैठक पछि पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा भने, राजु बिष्ट भनेको जनताको आवाज हो, जनताको रोजाई हो। अध्यक्ष मन घिसिङले जाति हितमा मुद्दा प्रति कार्य गरेको प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यले प्रमाण दिइसकेको छ। नरेन्द्र मोदीको तेस्रो कार्यकालमा गोर्खाहरुले न्याय पाउनेछ ।राजु बिष्टको जीत भनेको गोर्खाहरुको जीत हो मुद्दाको जीत हो। प्रधानमन्त्री नरेन्द्र मोदीले जुन वक्तव्य दिएर गएका छन् त्यसलाई हामी आत्मसात गरेर अगि बड्दै राजु बिष्टलाई जिताउनको निम्ति अगि बड्नेछौ भनी सन्दिप लिम्बुले आफ्नो सम्बोधनको क्रममा भने।

About Author

Advertisement