१३ जूनः सिलगढ़ी युनाइटेड फूटबल क्लबको तत्त्वावधानमा खुल्ला (ओपन) अनि भेटरन्स वर्गमा दुईदिने समर फूटसल च्याम्पियनशीप २०२२-को आयोजन गरिनेछ। यस प्रतियोगिताको आयोजनको मुख्य उद्देश्य स्नायु (नर्भ) सम्बन्धित बिमारीसँग जुझिरहेका राजु छेत्रीको उपचार हेतु अर्थ संग्रह गर्नु हो। आउँदो २ र ३ जुलाईको दिन हुने यस प्रतियोगितामा नर्थ बेंगल स्टार्स र सिक्किम स्टार्सबीच च्यारिटी म्याचको पनि आयोजन गरिनेछ, जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छोड़िसकेका दिग्गज खेलाड़ीहरूले हिस्सा लिनेछन्। प्रतियोगितामा विजेता र उपविजेता हुने टीमहरूलाई आकर्षक ट्रफीको साथमा नगद पुरस्कार पनि प्रदान गरिनेछ। आयोजक सिलगढ़ी युनाइटेड एफसीका प्रमुख अनिमेश लामाले बताएअनुसार, टुर्नामेण्टमा हिस्सा लिन इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ३ हजार रुपियाँ तोकिएको छ। प्रतियोगिताको आयोजन सालुगढ़ा नजिक रिलायन्स स्टोर पछिल्तिर स्थित वन् शट् फूटसल एरेनामा हुनेछ।









