सिलगढी: सिलगढी नगरनिगमले राजा राममोहन रायको २५१ औं जन्म जयन्ती पालन गर्यो। सिलगढीको १२ नम्बर वार्डको राजा राममोहन राय सरणीमा मुख्य कार्यक्रमको आयोजना गरिएको थियो भने यस कार्यक्रममा मेयर गौतम देव, मेयर परिषद मानिक दे, बोरो चेयरम्यान मोहम्मद आलम खान, १२ नम्बर वार्डका काउन्सिलर बासुदेव घोष लगायत अन्यले राजा राम मोहन रायको सालिगमा माल्यार्पण गरेर श्रद्धा सुमन अर्पण गरे। पछि नगरनिगममा एउटा कार्यक्रमको माध्यमद्वारा राजा राममोहन रायलाई श्रद्धाञ्जलि अर्पण गरियो।










