राजाभातखावामा लाली गुराँसको प्रगति उत्सव

cc8cb541-2131-4d8a-80a4-3f50797dcfec

कालचिनीः लाली गुराँसको १० बर्षपूर्तिको उपलक्ष्यमा प्रगति उत्सव गर्दै पालन गर्ने क्रममा आइतबार कालचिनी खण्डको राजाभातखावा स्थित मिलन मन्दिर क्लब परिसरमा लाली गुराँसको तत्वावधानमा पथ नाटक सम्पन्न भयो। बरहमपुर लगायत अन्यान्य ठाउँहरूबाट आएका नाट्य टोलीले सड़क नाटक प्रदर्शन गर्दै समाजको साधरण मानिसहरूको उत्पीड़न र व्यथालाई नै नाटक मार्फत गरेको लालई गुराँस पत्रिकाको सम्पादक छेवाङ योञ्जनले बताएका छन्। साँझदेखि प्रगति उत्सवको उपलक्ष्यमा पुष्पन प्रधानको साङ्गेतिक समारोह हुने र यसमा विभिन्न जनवादी गीत सङ्गीत प्रस्तुत हुने पनि छेवाङ योञ्जनले थप जनाएका छन्।


सो अवसरमा राजाभातखावामा सोसियल एक्टिभिस्ट समिक भट्टाचार्य, राजाभातखावाका समाजसेवीहरू दुर्गा चामलिङ, लालसिंह भुजेल, अभिनारायण शर्मा, सुन्तलाबारीका समाजसेवी अरुणकुमार राई लगायत अलिपुरद्वारका समाजसेवीहरू एवम् लाली गुराँसको नाट्य टोलीको उपस्थिति रहेको थियो।


डुवर्सको राजाभातखावाबाट शुरु भएको प्रगति उत्सव आगामी १२ मार्च बाग्राकोट र १९ मार्चको दिन कालेबुङ र २६ मार्चको दिन दार्जीलिङमा सम्पन्न हुने बताउँदै यो १० बर्षको संघर्शील यात्रा चुनौतीपूर्ण रहेको र यसलाई ऊर्जासाथ प्रगति उत्सव डुवर्स र पहाड़लाई समेटेर गरेको र यस मार्फत सामाजिक उत्पीड़न र मानिसको भोगाईलाई सड़क नाटक र गीत संगीत मार्फत प्रस्तुत गर्दै हिँड़ने छेवाङ योञ्जनले जनाएका छन्।

About Author

Advertisement