राजाभातखावामा डाकघर जर्जरित औ जोखिमपूर्ण अवस्थामा

IMG-20220718-WA0163.jpg

कालचिनी: कालचिनी खण्डको राजाभातखावा स्थित डाकघर बाहिरबाट हेर्दा जति पुरानो देखिन्छन् त्यति नै जर्जर हालतमा अहिले उक्त डाकघरको चित्र भित्रबाट हेर्दा स्पष्ट देख्न सकिन्छ| डाकघर पक्काको भए तापनि यो अति पुरानो भएकोले पानी पर्दा छतको पानी जम्मै रसिएर चुहुने गरेकोले बर्षाकालमा डाकघरका कर्मचारीहरू छाता ओड़ेर काम गर्न बाध्य भएको बताउँछन् डाकघरका कर्मचारीहरू| डाकघरमा विभिन्न कामहरू लिएर आउने गाउँलेहरूले बताए अनुसार मुसलधारे बर्षा हुँदा छाता ओढ़ेर भित्र पस्नु पर्ने बाध्यता परेको कारण छतको पानी जम्मै चुहेर भिज्ने गर्ने साथै कुनै पनि बेला छत भत्किएर झरे ठूलो दुर्घटना हुन सक्ने आशङ्का पनि रहेको छ|
स्थानीय बासिन्दा सरस्वती छेत्रीले राजाभातखावाको डाकघर धेरै पुरानो डाकघर रहेको र यहॉं अहिले बर्षाको बेला आउँदा मनभित्र डर बोकेर काम गर्नु पर्ने स्थिति रहेको जनाएकी छन्| कर्मचारीहरू पनि पानी पर्दा छाता ओढ़ेर काम गर्ने गरेको अवस्था भएकोले सम्बन्धित विभागले यसको चॉंडै मरम्मती नगरे ठूलो दुर्घटना हुनसक्ने आशङ्का व्यक्त गरेकी छन्| राजाभातखावामा डाकघरका अधिकारी मैत्री सरकारले यसको मरम्मतीको सम्बन्धमा आफूहरूले केही मन्तव्य गर्न नसक्ने तर मानिसलाई परिसेवा दिन आफूहरू बाध्य भएकोले छाता ओढ़ेर हुन्छ कि डर बोकेर काम गरिरहेको बताएकी छन्|

About Author

Advertisement