राजमाता जिजाबाई ट्रफीमा सिक्किमको विजयी यात्रा कायम

IMG-20241022-WA0280

गान्तोक: त्रिपुरामा सम्पन्न भइरहेको सिनियर वुमन्स नेशनल फुटबल च्याम्पियनशीप राजमाता जिजाबाई ट्रफी २०२४-२५मा सिक्किमको विजयी यात्रा निरन्तर अघि बड़िरहेको छ। यसै क्रममा आज सिक्किमले आयोजक राज्य त्रिपुरामाथि ० को विरुद्ध ६ गोलको फराकिलो जीत दर्ता गऱ्यो। सिक्किमले एकपल्ट फेरि प्रभावकारी खेलको प्रदर्शन गऱ्यो। सिक्किमको पक्षमा सिमरन गुरुङले सर्वाधिक चार गोल गरे। उनले यसरी नै पछिल्ला म्याचहरूमा पनि उल्लेखनीय खेलको प्रदर्शनी गरेकी थिइन्। सिक्किमको पक्षमा लक्ष्मी तामाङ र प्रिता छेत्रीले पनि एक-एक गोल गरे। सिक्किम समक्ष अति दुर्बल देखिएको त्रिपुराले एकै गोल पनि छिराउन सकेन। ग्रुप स्टेजको अन्तिम म्याच सिक्किमले अब चण्डिगढ़सँग खेल्नेछ।

त्रिपुरामाथिको प्रभावकारी जीतले सिक्किमे खेलाड़ीहरूरो आत्मबल र जोश उच्च भएको छ। यो अन्तिम म्याच जितेको खण्डमा सिक्किमले च्याम्पियनशीपको अन्तिम राउण्डमा स्थान बनाउनेछ।

About Author

Advertisement