राजभवनमा दिव्याङ्ग योग समावेश कार्यक्रम

IMG-20250617-WA0004

गान्तोक: राष्ट्रीय आयुष मिशन अनि सिक्किम सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागको संयुक्त पहलमा आज राजभवन परिसरमा योग समावेश कार्यक्रम सम्पन्न भयो। कार्यक्रम विशेष गरेर दिव्याङजनलाई समर्पित गर्दै आयोजना गरिएको हो। उक्त कार्यक्रम आगामी २१ जूनको दिन पालन गरिने अन्तर्राष्ट्रीय योग दिवसलाई केन्द्र गरेर आयोजन गरिएको हो। यस वर्षको थिम एक पृथ्वी एक स्वास्थ्य रहेको छ। राज्यपाल ओमप्रकाश माथुर कार्यक्रममा मुख्य अतिथिकोरूपमा उपस्थित थिए। उनको साथमा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। यस अवसरमा राजधानीमा सञ्चालित दुई विशेष विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक अंशग्रहण गर्दै योग शिविरमा पनि सहभागिता जनाए। योग सत्रको सञ्चालन प्रशिक्षक डा. सुमीरण तामाङले गरेका थिए। कार्यक्रममा स्वास्थ्य विभागका आय़ुक्त एवं सचिव प्रभाकर बर्मा लगायत वरिष्ठ अधिकारीहरू पनि सामेल रहेका थिए।

About Author

Advertisement