दार्जीलिङ: तपाई हाम्रो भेट झुकुलमा भएको भेट होइन दार्जीलिङ पहाडमा जनताको राज ल्याउन भएको हो- उक्त मन्तब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गरेका हुन्। दार्जीलिङको ४ नम्बर समष्टि अन्तर्गत राजबाडीको रानी हिटटीमा आज हाम्रो पार्टीले चूनावी कार्यालयको उदघाटन गरयो। आयोजित उद्घाटन समारोहमा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डस विशेष रूपमा उपस्थित भएका थिए। जीटीए सभाको ४५ वटा समष्टिहरूमा हाम्रो पार्टीले ४५ उम्मेद्वारहरू खडा गरेका छन्। जसमा दार्जीलिङको ४ नम्बर समष्टिबाट हाम्रो पार्टीले रूवेन प्रधानलाई चूनावी मैदानमा उतारेका छन्। आज ४ समष्टि अन्तर्गत राजबाडीको रानी हिटटीमा हाम्रो पार्टीको चूनावी कार्यालय बसाएको छ। हाम्रो पार्टी को चूनावी कार्यालयको उदघाटन गर्दै पार्टी अध्यक्ष अजय एडवार्डसले तपाई हाम्रो भेट झूकुलमा भएको होइन दार्जीलिङ पहाडमा जनताको राज ल्याउन भएको हो भन्ने बताए। दार्जीलिङ विश्वको सवै भन्दा सुन्दर एव राम्रो स्थान हो। दार्जीलिङको पुरानो गौरव पूनः फर्काई ल्याउन आज भन्दा वीस पच्चीस साल अघि हामीले कार्निभल फेस्टीबलको आयोजना गरेका थियौँ। आज हामी त्यही साथी भाइहरू पूनः भेट भएर दार्जीलिङमा जनताको राज ल्याउने दिशामा लागि परेका छौँ, तपाई हाम्रो भेट झुकुलमा भएको होइन अध्यक्ष एडवार्डसले पुनः दोहोराए। रूवेन प्रधान एक इमान्दार ब्यक्ति हो। उनको मन मस्तिकमा दार्जीलिङको लागि केही गरौ भन्ने कुरो जहिले पनि घुमिरहेको हुन्छ।भोलीको दिनमा रूवेन प्रधानलाई तपाई हामीले लाल कोठीमा पठाउन सक्यौ भने दार्जीलिङ पहाडमा जनता राज ल्याउन काफी हदसम्म समक्ष हुने छौ एडवार्डसले भने। हाम्रो पार्टीले जीटीए सभाको ४५ वटा आसनहरूमा नै उम्मेद्वार खडा गरेका छन् अनि तपाई हामी सवै पहाडमा जनताको राज ल्याउनु पर्छ भन्ने सोच रहेको छ अध्यक्ष एडवार्डसले भने। आजको कार्यालय उदघाटन समारोहमा ४ नम्बर समष्टिको उम्मेद्वार रूवेन प्रधानले पनि आफ्नो सम्भाषण राख्यो।








