“राजनैतिक फाइदा होइन, जनता हित नै सर्वोपरि हुनु पर्छ”: अनित थापा

IMG-20220925-WA0135.jpg

कालेबुङ: चालक महासंघ, कालेबुङले आयोजना गरेको स्वर्गीय छिरिङ्ग दोर्जी भुटिया शैक्षिक सम्मान समारोहमा आज जी टी ए प्रमुख कार्य पाल अनित थापा मुख्य अतिथिको रुपमा उपस्थित थिए। उनले कार्यक्रमलाई सम्वोधन गर्दै भने ,”हाम्रो काम गराईमा राजनैतिक फाइदा होइन, जनताहित नै सर्वोपरि हुनु पर्छ।”

आफ्नो ११ मिनेटको सम्वोधनमा थापाले चालक महासंघ अनि संघ को सभापति महेन्द्र ज्यूको मुग्ध कण्ठ ले प्रशंसा गर्दै भने, “महासंघले यस्तो असल काम गर्नु कहिले पछि पर्दैन कारण महासंघको नेतृत्व नै असल छ। उहाँ पेसाले शिक्षक हुनुहुन्छ तर पनि चालकहरुलाई उहाँले कुशल नेतृत्व दिनु भएको छ।”

महासंघमा एकता छ त्यसैले उनले भने चालक महासंघले सुसेला मार्दा एम्बुलेन्स सम्म बन्द हुनु सक्छ। यो संघको एकताको प्रतीक हो। पहाडमा कसले सत्ता चलाउँछ भन्ने महासंघलाई पहिला नै थाहा हुन्छ। यहाँको महा संघ सजिलो संग टुक्रिने संघ होइन। हामीले जन्मँदा नै समस्या बोकेर आएका हौ तर समस्या संग जुझेर अघि बढ्नु चालक महासंघले जानेको छ।

About Author

Advertisement