राजनैतिक तनाउबीच बंग्लादेशविरुद्ध सीरीज स्थगित

IMG-20251118-WA0036

नयाँ दिल्ली: भारत र बंग्लादेशको महिला टीमबीच आउँदो महिना खेलिने वनडे र टी२० सीरीज भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले स्थगित गर्ने निर्णय लियो। बंग्लादेशको महिला क्रिकेट टीमले दिसम्बरमा भारत यात्रामा ३ वटा एकदिने र ३ वटा टी२० म्याचको सीरीज खेलिनु थियो। त्यस सीरीजलाई बीसीसीआई-ले स्थगित गरेको छ। बीसीसीआई-का एकजना सीनियर अधिकारीले भनेका छन्, हामी दिसम्बरमा एउटा वैकल्पिक सीरीज आयोजित गर्ने प्रयास गरिरहेका छौं। यसबाहेक बंग्लादेशविरुद्ध सीरीजको निम्ति चाहिँ हामीलाई सरकारबाट स्वीकृति प्राप्त भएन। बंग्लादेशको प्रस्तावित वनडे र टी२० सीरीज भारतीय महिला टीमको वर्ल्ड कप च्याम्पियन भएपछि सेतो बलको पहिलो सीरीज थियो। यस सीरीजलाई स्थगित गर्नु पछिको कारणहरू चाहिँ अहिलेसम्म खुलासा गरिएको छैन। दुई देशबीच जारी तनाउपूर्ण राजनैतिक सम्बन्ध यस फसेलापछिको मुख्य कारण हुनसक्छ। यसबीच बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)- का एकजना अधिकारीले उनीहरूलाई सीरीज रद्द गरिएको सम्बन्धमा बीसीसीआई-बाट पत्र प्राप्त भएको पुष्टि गरेका छन् । बीसीसीआई-ले यस साल अगस्तमा बंग्लादेशमा पुरुष टीमको यात्रालाई पनि स्थगित गरेको थियो।

About Author

Advertisement