राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई लिएर जिल्लापालले गरे बैठक

IMG-20230811-WA0371.jpg

गान्तोकः सोरेङ जिल्लाका राजनैतिक पार्टीका प्रतिनिधिहरूलाई लिएर पोलिङ स्टेशन सम्बन्धि एक सभा सम्पन्न भयो। उक्त सभामा जिल्लापाल भीम ठटाल, अतिरिक्त जिल्लापाल धिराज सुवेदी, अतिरिक्त जिल्लापाल (विकास) गयास पेगा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सोरेङ जिल्ला अन्तर्गत विद्यमान ग्राम पञ्चायत वार्डसँग मिलाउन साथै खण्डसहितको पुनर्गठन गर्न अभ्यासको निम्ति सभा आयोजना गरिएको हो।

सभालाई सम्बोधन गर्दै जिल्लापाल ठटालले राज्यको आगामी आम निर्वाचन भारतको निर्वाचन आयोगको प्रावधान र मापदण्ड अनुसार हुने दोहोऱ्याए। यसर्थ उनले प्रतिनिधिहरूलाई निर्वाचन आयोगको दिशानिर्देशग बुझ्नु पर्ने आग्रह गरे। उनले निर्वाचनको सम्पूर्ण प्रक्रियामा अधिकतम पारदर्शिता कायम गरिने पनि आश्वासन दिए। त्यसैगरी जिल्ला सम्बन्धि कुनै पनि समाचार जिल्लाको वेबसाइटमा अपडेट गरिने उनले जानकारी दिए।

About Author

Advertisement