नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार भने, संसदको मनसून सत्र जनहितसित जोड़िएका विधायकहरूको कारणले महत्वपूर्ण छ। सबै राजनीतिक दल एवं सांसदहरूलाई मनसून सत्रको उत्कृष्ट उपयोग गर्ने आग्रह उनले गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार संसदको मनसून सत्र आरम्भ हुनअघि पत्रकारहरूसित बातचित गरिरहेका थिए। उनले भने, सावनको यस पवित्र महिनामा लोकतन्त्रको मन्दिरमा अनेकौ पवित्र कार्य गर्ने यो सर्वोत्तम अवसर हो।
सांसदहरूले यस सत्रको सर्वाधिक प्रयोग जनहितमा गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भने, यो हामी सबैको सामूहिक जिम्मेवारी हो। कानूनहरू बनाउनु र त्यसमाथि विस्तार पूर्वक चर्चा गर्नु अत्यन्त आवश्यक छ। चर्चाको महत्वमाथि बल दिँदै उनले भने, जति धेर चर्चा गरियो उति नै जनहितमा दूरगामी परिणाम दिने निर्णय हुनेछ। संसद भनेको धरातलसित जोड़िएको हुन्छ र यहाँ जनताका दुःख-पीड़ाहरूलाई बुझाइन्छ र बुझिन्छ। चर्चा भयो भने उनीहरूको तर्फबाट आउने विचार जरासित जोड़िएको विचार हुन्छ। यसबाट चर्चा समृद्ध हुन्छ तथा निर्णय सशक्त अनि परिणामकारी।
वर्तमान सत्रमा पेश हुने विधेयकहरूको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, यो सोझै जनतासित जोड़िएको छ। हाम्रा युवा पिँढ़ीले डिजिटल दुनियाँसितै नेतृत्व गरिरहेका छन्। यसबेला डाटा प्रोटेक्शन विधेयकले देशका हरेक नागरिकलाई नयाँ विश्वास दिलाउने छ र विश्वमा भारतको प्रतिष्ठा बढ़ाउने छ। यसरी नै नेशनल रिसर्च फाउण्डेशन विधेयक नयाँ शिक्षा नीतिको सन्दर्भमा अत्यन्त महत्वपूर्ण कदम हो। यसको उपयोगले अनुसन्धान नवाचार एवं शोधलाई प्रेरित गर्नेछ। उनले विवादलाई सम्वादद्वारा बुझाउने भारतीय परम्पराको उल्लेख पनि गरे। उनले भने, अब कानूनी आधार दिँदै मध्यस्थता विधेयक ल्याउने दिशआमा यो सत्र धेरै उपयोगी छ।
यस अवधि प्रधानमन्त्रीले मणिपुरमा दुई महिलासित भएको अभद्रताको घटनालाई लज्जास्पद बताए। उनले भने, यो दुई-चारजना मानिसहरूको कृत्य भए पनि यसले देशका १४० करोड़ भारतीयहरूलाई लज्जित बनाएको छ। उनी देशका मानिसहरूलाई भरोसा दिलाउन चाहन्छन् कि यसका आरोपीहरूलाई छाड़िनेछैन।
यस घटनाले आफूलाई धेरै दुःखी र आक्रोशित बनाएको अवगत गराउँदै प्रधानमन्त्रीले सबै मुख्यमन्त्रीहरूलाई आ-आफ्नो राज्यको कानून व्यवस्थालाई अझ सशक्त बनाउने आग्रह गरे। विशेष हाम्रा आमा, दिदी-बहिनीहरूको सुरक्षाको लागि कड़ा कदम उठाइयोस्। चाहे त्यो राजस्थान होस्, छत्तीसगढ़ होस्, मणिपुर होस् वा देशको कुनै पनि भाग। कानून व्यवस्था कायम राख्ने र महिलाहरूलाई सम्मान गर्ने विषयलाई कुनै पनि राजनीतिक बहसदेखि माथि राखिनुपर्छ।
-हिस










