राजधानीमा सांस्कृतिक सम्पदा संरक्षणबारे कार्यशाला

IMG-20230201-WA0093.jpg

गान्तोक: सिक्किम सरकारको संस्कृति विभागअन्तर्गत राज्य अभिलेखागार र संग्रहालयद्वारा कलकता इन्स्टिच्युट अफ आर्ट कन्जर्भेसनको सहयोगमा सिक्किमको सम्पदाको संरक्षण सम्बन्धी दस दिने कार्यशाला स्थानीय मनन भवनमा आयोजन गरियो। कार्यशाला सिक्किमका सम्पदा सङ्कलकहरूका साथै अनामिका कला संगम ट्रस्ट अन्तर्गत सांस्कृतिक सम्पदा क्षेत्रमा सरोकारवालाहरूलाई जागरूकता र संरक्षण सम्बन्धी प्रशिक्षण प्रदान गर्न गरिएको हो। टिबेटेलोजी विज्ञान संस्थानका सचिव पेमा वाङ्ग्याल रिन्जिङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विभागका सचिव डा पासाङ दोर्जी फेम्पुको उपस्थिति रहेको थियो। कार्यशालामा टाटा ट्रस्टका प्रमुख, कला र संस्कृति विभागका वरिष्ठ कला संरक्षक तथा शैक्षिक परामर्शदाता दीपिका सोराबजी, हिमालयन सोसाइटी फर हेरिटेजका कला संरक्षक अनुपम साहको पनि उपस्थिति थियो। कला संरक्षण नैनीतालका सिद्धार्थ चन्द्र, कला संरक्षण संस्थान कोलकाताका कला संरक्षक श्रेयन बेनर्जीहरुको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै, दीपिका सोराबजीले कला संरक्षण पहलको संक्षिप्त जानकारी दिए। कार्यशालाले भविष्यमा कलाकृतिहरूको मर्मतको उद्देश्य राखेको भन्दै उनले कार्यक्रमको दीर्घकालीन सोचका कार्यबारे पनि चर्चा गरे। टाटा ट्रस्टका वरिष्ठ कला संरक्षक तथा एकेडेमिक कन्सल्टेन्ट अनुपम साहले सम्बोधनमा सांस्कृतिक सम्पदाको संरक्षणको महत्व र आवश्यकता र विगतका वर्षहरूमा प्रयोग हुने विभिन्न उपकरणहरू भविष्यका लागि सामग्रीहरू प्राप्त गर्नका लागि प्रयोग गरिएको उल्लेख गरे। यसबाहेक, उनले संरक्षण पूर्वाधार, यसको प्रक्रियाहरू र सिक्किमको सांस्कृतिक सम्पदाको दीर्घकालीन संरक्षणको बारेमा उल्लेख गरे। उनले अभिलेख सामग्री अभिवृद्धि गर्ने प्रशिक्षार्थीका लागि तालिम कार्यक्रम महत्वपूर्ण रहेको बताए। अनामिका कला संगम ट्रस्ट स्थापितबारे जनाए। यस पहलमा आदानप्रदानले सांस्कृतिक गतिविधि, रचनात्मकता र कलामा सहभागितालाई प्रोत्साहित गर्ने बताए। सचिव पेमा वाङ्ग्याल रिन्जिङले आफ्नो सम्बोधनमा सिक्किमको सांस्कृतिक सम्पदाको संरक्षण गर्न कार्यशाला आयोजनाको प्रशंसा गरे। उनले मूर्त र अमूर्त सम्पदाको संरक्षणमा चुनौती रहेको बताए। उनले नामग्याल इन्स्टिच्युट अफ तिब्बत विज्ञान सन् १९६० को दशकमा स्थापना भएको र उनीहरुको कला सङ्ग्रह अझै पनि कायम रहेको जानकारी दिए।

About Author

Advertisement