राजधानीमा राज्यस्तरीय विद्यालय सुरक्षा कार्यक्रम आयोजित

si-5

गान्तोकः सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण र शिक्षा विभागको संयुक्त पहलमा आज राजधानीस्थित चिन्तन भवनमा राज्यस्तरीय विद्यालय सुरक्षा कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा राज्यका भू- राजस्व एवम् आपदा प्रबन्धन विभाग मन्त्री केएन लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने सिक्किम राज्य आपदा प्रबन्धन विभागका उपाध्यक्ष प्रो. भीके शर्मा, राहत आयुक्त एवम् सचिव अनिलराज राई लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केएन लेप्चाले विद्यालयमा विद्यार्थीलाई सुरक्षित वातावरणको प्रत्याभूति गर्नुपर्ने विषयमा जोड दिए। उनले विद्यार्थीहरू भनेको भोलिको भविष्यका प्रशासक भएकाले कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा परिणत गर्नुपर्ने सुझाउ दिए। मन्त्री लेप्चाले मानव निर्मित विपद् र यसको असरबारे जनचेतना जगाउनु पर्ने सबैलाई आग्रह गरे। उनले विपद्को समयमा उचित प्रतिक्रियाको महत्त्वलाई पनि प्रकाश पारे। यसका साथै उनले विपद् प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकतामा दिएर काम गर्नुपर्ने सबैलाई जानकारी गराए।

उनले विद्यार्थीहरूलाई अघि बढ्न र आपद व्यवस्थापनका नियमहरू पालना गर्न, मक ड्रिलमा सक्रिय रूपमा भाग लिन र एकअर्कालाई राम्रो सिक्किम निर्माणमा योगदान दिनुपर्ने प्रोत्साहन गर्ने। यसै क्रममा प्रोफेसर भीके शर्माले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको प्रशंसा गर्दै उनले सिक्किमले यस्ता लाभदायक पहलहरू सञ्चालन गरेर एउटा उदाहरण राज्यको रूपमा पेश गरेको अवगत गराए।

-हिस

About Author

Advertisement