राजधानीमा प्रो पञ्जा लीग वार अफ् आर्मस् सम्पन्न

IMG-20220925-WA0186.jpg

गान्तोक: आज राजधानीको जनता भवनमा प्रो पञ्जा लीग वार अफ् आर्मस् सम्पन्न भयो। तीनवटा भिन्न भिन्न जीमको संयुक्त पहलमा आयोजित यो लीगमा पुरुष अनि महिला वर्गका ४२ जनाले भाग लिएका थिए। सिक्किममा पहिलोपल्ट सम्पन्न यो लीगमा अतिथि रेफरीको रुपमा आर्मस् रेसलिङ राष्ट्रीय रजत पदक विजेता नयन ज्योति बोहरा, ६ पल्टका स्वर्ण पदक विजेता चेतना उपस्थित थिए। कार्यक्रममा मुख्य अतिथिको रुपमा एसकेएम कन्ट्रायकटर एसोसिएशनका अध्यक्ष हार्मन तेञ्जीङ नाम्च्यो उपस्थित थिए भने सम्मीट टाइम्सका सीईओ पुरण तामाङ अनि स्याम सुब्बा विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा भिन्न भिन्न वर्गमा प्रतियोगिता आयोजन गरिएको थियो। आयोजक पक्षले दिइएको जानकारी अनुसार आज विजयी प्रतियोगीहरूलाई तीन-तीन हजार नगद राशी अनि सर्वोत्कृष्ट प्रतियोगीलाई १० हजार प्रदान गरिएको छ। आगामी वर्ष यो लीगलाई अझ भव्यताको साथमा आयोजन गरिने पनि आयोजक पक्षले जानकारी गराएका छन्।

About Author

Advertisement