राजधानीमा पहिलोपल्ट राज्यस्तरीय फूलपाती शोभायात्राको तयारी

IMG-20250927-WA0135

गान्तोक: राजधानी गान्तोकमा पहिलोपल्ट राज्यस्तरीयरूपमा महासप्तमी फूलपाती शोभायात्रा महोत्सवका रुपमा आयोजन हुने भएको छ। शोभायात्राको तयारीलाई लिएर आज गान्तोकमा अन्तिम चरणको समन्वय सभा सम्पन्न भयो। सभामा विभिन्न जातगोष्ठिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रमुख संयोजक आरके वालिङले सम्बोधनमा शोभायात्रालाई भव्यतासित मनाउन सबैलाई समन्वयका साथ सहकार्यको आह्वान गरे। २९ सेप्टेम्बरको बिहान 8 बजी एमजी मार्गबाट शोभायात्रा शुरू हुने जानकारी गराउँदै सबैलाई आआफ्ना जातीय भेषभुषामा सहभागिता जनाउने आग्रह गरे। शोभायात्राले गान्तोक परिसरको परिभ्रमण गर्ने जानकारी गराए। सभामा तयारीलाई लिएर आवश्यक विविध विषयमाथि उपस्थित सबैले आ-आफ्नो सुझाव र परामर्श राखेका थिए। सभालाई अध्यक्ष सोनाम शेर्पा, कार्यकारी अध्यक्ष जुनु छेत्री, अध्यक्ष गंगा प्रसाई, दिना छेत्री, लगायत विभिन्न जातीय संगठनका प्रतिनिधिहरूले पनि सम्बोधन गरेका थिए। उल्लेख्य छ, महासप्तमी फूलपाती शोभायात्रा समितिका प्रमुख संरक्षकको रूपमा मन्त्री अरुण उप्रेती रहेका छन् भने संरक्षकमा गान्तोक क्षेत्रका विधायक दिले नामग्याल बर्फुङपा र युवा अध्यक्ष लाक्पा मोक्तान, विधायक कला राईलगायत अन्य विशिष्ट व्यक्तित्वहरू रहेका छन्।

About Author

Advertisement