राजधानीमा कुनै कार्यक्रम गर्नु सिक्किम राज्यको निम्ति गौरवको विषय होः प्रवक्ता सीपी शर्मा

IMG-20220523-WA0167.jpg

गान्तोक। गएको राज्य दिवसलाई दिल्लीमा मनाएको कुरा उठाएर आफ्नो राजनैतिक दुनो सोझ्याउने पवन चामलिङको दुष्प्रयासको एसकेएम पार्टीले ठाड़ो खण्डन गरेको छ। पीएस गोलेले श्रीसम्पत्ति, गौरव सक्यो भन्ने पवन चामलिङको कुरा संकुचित विचार रहेको पार्टीले बताएको छ। यसपालीको राज्य दिवस चार दिवसीय रहेकोले समापन कार्यक्रम राष्ट्रिय स्तरमा मनाइनु कुनै आश्चर्यको कुरा नभएको पार्टीको भनाइ रहेको छ। राज्य दिवसको पहिलो दिनको कार्यक्रममा वर्तमान तथा पूर्व विधायकहरूलाई निमन्त्रणा दिइए तापनि प्रायःले आफ्नो उपस्थिति जनाएको अनिन चामलिङले भने उपस्थिति नदिएर कुरा काट्नु भनेको उनको कमजोरी राजनीति र मानसिकताको प्रमाण बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ। जब सिक्किम नै भारत देशको एउटा राज्य हो भने राज्यले आफ्नै देशको राजधानीमा कुनै कार्यक्रम गर्नु भनेको गर्वको कुरा हो। तर संकुचित राजनीतिमा आफ्नो सफलता देख्ने चामलिङलाई राज्य दिवस दिल्लीमा पालन गरिएको नपच्नु स्वाभाविक नै रहेको बताएको छ।

१६ मई २०२२ को दिन राज्यपाल गंगा प्रसादको उपस्थितिमा पहिल दिनको कार्यक्रम र रहल दुइदिनको कार्यक्रम पनि सिक्किम भित्रै भएको नदेखेर केवल दिल्लीमा भएको कार्यक्रम मात्रै देख्ने अन्धो मानसिकताबाट पवन चामलिङले बाहिर निस्कुन पर्ने पार्टीले सुझाउ दिएको छ।

जनताले पवन चामलिङको तानाशाही, राजतन्त्रे शासनलाई सत्ताच्युत गरे प्रजातन्त्र फर्काइदिएका कुरा विज्ञप्तिमा थप उल्लेख गरिएको छ। जनताले पच्चीस वर्षसम्म हराएको प्रजातन्त्र पाएर रमाएको देखेर मानसिक सन्तुलन गुमाउन पुगेका पवन चामलिङ आज पीएस गोले नेतृत्वाधीन सरकारको चौबीसै घण्टा नाम जप्ने गरेको दावी गरेको छ।

About Author

Advertisement