राजदूत फिर्ता निर्णय आपत्तिजनक: कोइराला

Watermark - 2

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आपत्ति जनाउँदै यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य नभएको टिप्पणी गरेका छन्। शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेता कोइरालाले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको उक्त निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन्। ‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत? दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्’, नेता कोइरालाले सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर)मा लेखेका छन्। सरकारले गत बिहीबार भारत र अमेरिकासहित विभिन्न ११ देश राजदुत फिर्ता बोलाउने निर्णय गरेको थियो।

About Author

Advertisement