राजकोटमा सिक्किमको हस्तकला

IMG-20230327-WA0440.jpg

गान्तोक: सिक्किमको टोलीले गुजरातमा आयोजित २० दिवसीय हस्तशील्प मेलामा भालिएको छ। टोली आज राजकोट पुगेको छ। बडोदरादेखि सुरू भएको मेलाको दोस्रो चरणमा राजकोटमा आयोजित तीन दिवसीय प्रदर्शनी मेलाको उद्घाटन राजकोटका मेयर डा. प्रदीप दाओको बाहुलीबाट गरियो। अनेकों सरकारी ,गैरसरकारी पदाधिकारी, संघ, संस्था, संगठनका प्रतिनिधिहरुको ऊपस्थितिबीच उद्घाटन गरिएको तेस्रो चरणको मेलामा सिक्किम सहित उत्तरपूर्वीय राज्यको साथ देशका सबै अन्य राज्यहरुदेखि हस्तनिर्मित सरसामग्रीहरु प्रदर्शनको निम्ति राखिएको छ। सिक्किमदेखि प्रतिनिधित्व गर्दै गईकी बनधन बिकाश केंद्र कटेङका सरिता थापा र पदमचे बनधन बिकाश केन्द्रका सावित्री शर्मा अनुसार यस प्रकारको मेला आयोजित गर्नुको मुख्य लक्ष्य समग्र देशका महिलाहरुद्वारा निर्मित हस्तनिर्मित सामग्रीहरूलाई राष्ट्रिय अन्तराष्ट्रिय बजार प्रदान गर्ने प्रयास गर्नु रहेको छ। सिक्किमदेखि गएको ज्योति छेत्री ,जमुना छेत्री ,भीमा छेत्री ,बिमला लुईटेल, सरिता थापा र सावित्री शर्माले राजकोटमा आयोजित साध्ययकलीन संस्कृति कार्यक्रममा सहभागिता जताउँदै तामाङ सेलों नृत्यको साथ जहॉं बग्छ टिस्टा रंगीत गीत प्रस्तुत गरेका थिए।

About Author

Advertisement