राई टोला (जाब्रा) प्री-क्वार्टर फाइनलमा

photocollage_2023720222713515.jpg

२० जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा राई टोला (जाब्रा)-ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा राई टोलाले पानीघट्टा फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल साहिल राईले १५औं मिनटमा दर्ता गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement