राईमाटाङ चियाबारीमा निःशुल्क आँखा जाँच शिविर

कालचिनी: अलिपुरद्वार नर्थ बेंगल इन्टिग्रेटेड ह्युमिनेटीरियन सोसाइटीको आयोजना अनि भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सको सहयोगिता र मुस्कान वेलफेयर सोसाइटीको सौजन्यतामा आइतबार राईमाटाङ चियाबारी अस्पताल परिसरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको जानकारी आयोजक कमिटीको पक्षबाट डा.कमल कुजूरले दिएका छन्। शिविरमा सिलगढ़ी ग्रेटर लायन्स आई हस्पिटलको आई मित्रको पक्षबाट जम्मा ७९ जना आँखा रोगीहरुको जाँच गरेको थियो भने तीमध्ये १३ जना मोतियाबिन्द रोगीहरुलाई आउँदो १४ सेप्टेम्बरको दिन निःशुल्क अपरेशन गरिने जनाएका छन्। सो शिविरमा मुख्य अतिथिको रुपमा राईमाटाङ चियाबारीको समाजसेवी हरि कुजूर, समाजसेवी एसके मिञ्ज लगायत अन्यान्यको उपस्थिति रहेको थियो।

About Author

Advertisement