रांका लिङदोम गुम्बामा मुख्यमन्त्री गोलेलाई सम्मान

photocollage_2022612214412300.jpg

गान्तोक। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज रामास्थित लिङदम गुम्बाद्वारा आयोजित सम्मान कार्यक्रममा सहभागिता जनाए। मुख्यमन्त्री तामाङले घारवाङ रिम्पोछेको उपस्थितिमा गुम्बा अनि शेडाका सबै स्नातक उतीर्ण गरेका भिक्षुहरूलाई स्नातकको प्रमाण-पत्र प्रदान गरे। घारवाङ रिम्पोछेले मुख्यमन्त्री तामाङप्रति सराहना पत्र प्रदान गर्दै कृतज्ञता व्यक्त गरे। यस अवधि मुख्यमन्त्री तामाङसँग राज्यका मन्त्रीगण कुङ्गा निमा लेप्चा, सोनाम लामा, अरुण उप्रेती, विधायक सोनाम भेञ्जोङपा, धर्म मामिला विभागका सचिव डा. पासाङ डी. ङ्गेम्पू, अधिकारीहरू, भीक्षुहरू, लामाहरू, खेम्पोहरू साथै भक्तजनको उपस्थिति रहेको थियो।

About Author

Advertisement