रवीन्द्र तेलाङ सिक्किमको नयाँ मुख्य सचिव नियुक्त

00-1-R-Telang

गान्तोक: सिक्किमका मुख्य सचिवको पदमा रवीन्द्र तेलाङ पदोन्नति भएका छन्l मुख्य सचिवको पदमा पदोन्नति भएकोमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा उनलाई हार्दिक बधाई जनाएका छन्। यो उल्लेखनीय उपलब्धि उनको समर्पण, विशेषज्ञता, धैर्यता, र सार्वजनिक सेवाका आदर्शप्रति दृढ प्रतिबद्धताको प्रमाण रहेको मुख्यमन्त्री तामाङले बताएका छन्। ‘उनको कार्यकालमा सिक्किम प्रगति, समृद्धि, र नवीनताका नयाँ उचाइहरूमा पुग्नेछ भन्ने मलाई पूर्ण विश्वास छ, जसले प्रभावकारी शासन सुनिश्चित गर्नेछ। यस महत्वपूर्ण भूमिकामा उनलाई ठूलो सफलता प्राप्त होस् भन्ने मेरो शुभकामना छ’, आफ्नो फेसबुक पेजमा उनले भनेका छन्। यसै अवसरमा, सिक्किम सरकारका निवर्तमान मुख्य सचिव  भी बी पाठक, (आईएएस) प्रति पनि उनकले हार्दिक आभार प्रकट गरेका छन्। भी  बी पाठकले आफ्नो सेवाको कार्यकालमा सिक्किमका जनताको कल्याणका लागि गरेका अथक प्रयास र अमूल्य योगदानलाई सम्झिन्दै उनलाई मुख्यमन्त्रीले धन्यवाद जनाएका छन्। ‘उहाँलाई सुस्वास्थ्य, हरेक सफलताको शुभकामना, तथा सुखद र सौहार्दपूर्ण अवकाश जीवनको कामना गर्दछु’, उनले यसो भनेका छन्।

About Author

Advertisement