रवीन्द्रनाथ टेगोर बंगाली अनि गोर्खा समाजलाई जोड्ने पूल भएका छन्: अनित थापा

IMG-20230509-WA0384.jpg

मंग्पु: कविगुरु रवीन्द्रनाथ टेगोरको १६३औं जन्म जयन्तीको उपलक्ष्यमा मङ्पुस्थित रवीन्द्र भवनमा रविन्द्रनाथको जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रम जिल्ला सूचना अनि सांस्कृतिक विभाग, दार्जीलिङ्ग अनि महकुमा सूचना अनि सांस्कृतिक विभाग, सिलगढीको संयुक्त तत्वावधानमा आयोजना गरिएको थियो।
दिप प्रज्वलन अनि कवि गुरुप्रति खादार्पण गरी सम्मान गरियो। आफ्नो सम्बोधनमा मुख्य अतिथिको रूपमा उपस्थित रहेका जीटीए चिफ् अनित थापाले आफ्नो सम्बोधनमा भने, “कवि गुरु रवीन्द्रनाथ टेगोरको मङ्पुसंग ठूलो लगाव रहेको थियो। रविन्द्र भवन हाम्रो पहाडको निम्ति धरोहर हो। मङ्पुवासीको निम्ति रवीन्द्रनाथ टेगोर एक आइकन हुन्। टेगोर गोर्खा अनि बंगाली समाजलाई जोड्ने पुल हुन्। मङ्पुमा जुन संख्यामा साहित्य अनुरागीहरु पाउँछौ त्यसको श्रेय पनि रवीन्द्रनाथ टैगोरलाई दिनुपर्छ।”
१९४० मा रवीन्द्र नाथ टेगोर आफ्नो अन्तिम जन्म दिन मङ्पुमा मनाएका थिए।कार्यक्रममा जीटीए मुख्य सचिव एस पुनबल्लम अनि मुख्य सल्लाहकार अमर लामाको उपस्थिति रहेको थियो।

About Author

Advertisement