दार्जीलिङ: ‘रम्बुक सिर्डसमा नेता होइन एकताको खाँचो छ’ भन्ने मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखे। गत धेरै दिन अघिदेखि रम्बुक सिडर्स चिया बगान बन्द रहेको छ।बगान बन्द भएको कारणले गर्दा स्थानीय चिया श्रमिकहरूले धेरै समस्याहरूको सामना गर्नपरि रहेको छ। बन्द रम्बुक सिर्डस चिया बगानको श्रमिकहरूको समस्याहरू आत्मासात गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्स पुगेको थियो।यस अवधि स्थानीय श्रमिकहरूको बाक्लो उपस्थिति रहेको थियो।उपस्थित भीडलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्सले रम्बुक सिर्डस चिया बगानलाई नेता होइन एकताको खाँचो रहेको बताए। तिनले भने ‘आज मैले यहाँ तृणमूल काग्रेस,क्रामाकपा आदि जस्ता राजनैतिक दलहरूको नेतृत्वहरू देखे यो अति नै खुशीको विषय रहेको बताउँदै अध्यक्ष एडवडर्सले स्पष्ट शब्दमा भने जब जातिलाई आपत पर्छ, त्यस समय यसरी नै सवै एकबद्व हुन पर्छ। एकता नै जीतको मुख्य कडी हो’ तिनले भने। अध्यक्ष अजय एडवाडर्सले थप भने धेरैले मलाई भन्छ म राजनीति जान्दिन, ठीकै हो, म राजनीति जान्दिन अनि मलाई झूठो राजनीति गर्न पनि छैन, मलाई यसरी नै समाज सेवा गर्न पाई रहे मलाई सन्तुष्टी मिल्छ तिनले भने।रंगीट चिया बगानको घटनाहरू उपस्थित भीडलाई बताउँदै हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्सले भने रंगीट चिया बगानको मालिकले त्यहाँ होटल बनाउने स्थानीय रैथानेहरूको घरबाट हटाउने आदि जस्ता निर्देश जारी गरेको थियो।रंगीट चिया बगानको श्रमिकहरूले मालिकको निर्देशलाई अस्वीकार गर्दा उनीहरू विरूद्व पुलिस केसहरू गरेका थिए। रंगीट चिया बगानको श्रमिकहरू मेरो घरमा आए अनि सहयोगको गुहार लगाए। श्रमिकहरूले लगाएको गुहारलाई मैले स्वीकार्दै सर्वप्रथम मैले रंगीट चिया कमानको मालिकलाई फोन गरेर,उनले मलाई नाना भाँती भने तर मैले श्रमिकहरूलाई दिएको वचनमा अडिग भएर बसे। श्रमिकहरूलाई पुलिस केसहरू गर्यो अनि म आफैलाई पनि एक सय करोड रूपियाको मानहानीको मुद्वा दर्ता गरेको थियो, नयाँ सालको अवसरमा उनले पनि नयाँ सोच लिएर काम गर्ने अठोट लिएको थाहा पाएपछि मैले उनीसंग भेट गरे, हामी वीच बातचित भयो।सरकारले गर्न नसकेको कुरा रंगीट चिया बगानको मालिकले स्थानीय श्रमिकहरूलाई दिएको छ। रंगीट चिया बगानमा निर्माण भई रहेको ताज होटलमा स्थानीय मानिसहरूलाई नोकारी दिने, घर जमीनको एनओसी दिने आदि जस्ता जम्मा १६ वटा श्रमिकहरूको शर्तलाई उनले मानी लिएर एक उदाहरण प्रस्तूत गरेको छ अध्यक्ष एडवडर्सले भने। रंगीट चिया बगानको श्रमिकहरूलाई समस्या आई पर्दा त्यहाँको समाज,संघ संस्था राजनैतिक दल सवै एकबद्व भएका थिए। त्यसरी नै रम्बुक सिर्डस चिया बगानमा पनि यहाँ समाज, संघ संस्था, राजनैतिक दल सवै एकबद्व हुन जरूरी छ’ अध्यक्ष एडवडर्सले भने। तिनले अघि भने हामी यहाँ संगठन विस्तार गर्न आएको होइन, श्रमिकहरूलाई परेको समस्याहरूमा आत्मासात गर्न आएको हौ। समर्थन गर्न, झण्डा समाउन कुनै ठूलो विषय होइन, आज समाएको झण्डा हावाको बेगले उडाउन सक्छ अध्यक्ष एडवडर्सले भने।रम्बुक सिर्डस चिया बगानको श्रमिकहरूको साथमा हामी छौ, तपाईहरूलाई हामी हरेक क्षेत्रहरूबाट सहयोग पुर्याउन तयार छौ अध्यक्ष एडवाडर्सले भने।










