रम्फूमा डेंगू जागरुकता अभियान

IMG-20230816-WA0316.jpg

रम्फ: रम्फू प्राथमिक स्वास्थ्य केन्द्र र रम्फू नगर पञ्चायतको टोलीले विभिन्न क्षेत्रको फिल्ड भ्रमण गर्दै डेंगू विरुद्ध सचेतना कार्यक्रम आयोजित गरेको छ। टोलीले सक्रिय रूपमा घर-घरको स्वास्थ्य, जनसाधऱणसमक्ष पुग्न, र जागरूकता फैलाउन यस प्रकारको अभियान गरेको हो। हरेक वर्ष डेंगुका खतरा विशेष रूपमा आईबीएम क्षेत्रहरूमा आउने गरेको छ जसले गर्दा उनीहरूले त्यो क्षेत्रलाई केन्द्रित गरेको छ। मानिसहरुको संलग्नता, वरिपरी सफा राख्न स्थानीय बासिन्दाहरूसँग मिलेर काम गर्ने, लामखुट्टे निरोधक औषधि नियमित छर्कने, नाली सफा राख्दा भविष्यमा हुने कुनै पनि रोगको प्रकोप विरुद्ध लचिलोपन निर्माण गर्न सकिने विषय़मा ध्यान दिइएको छ। रोकथामका उपायहरूमा जोड दिइने र घरपरिवारलाई पानी नछोड्न जानगुरकता गराइयो। कुलर, कन्टेनरमा लामखुट्टेको सम्भावित प्रजनन स्थलहरूबारे जानकारी दिइयो। रम्फू नगर पञ्चायतका अधिकारीहरूले आईबीएमको अवस्था हेरे र कसैले नियम उल्लङ्घन गरेमा कारवाही गरिने जानकारी दिएको छ।

About Author

Advertisement