रम्फू: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको युवा प्रकोष्ठअन्तर्गत जिल्ला स्तरीय समन्वय सभा आज रम्फू, माझिटारस्थित बाघे खोलामा सम्पन्न भयो। सभामा युवा अध्यक्ष लाक्पा मोक्तान र युवा उपाध्यक्ष प्रभारी तथा विधायक सञ्जित खरेलको विशेष उपस्थिति रहेको थियो।
सभामा युवा अध्यक्ष मोक्तानले पार्टीको मेरुदण्डका रूपमा युवा शाखाको भूमिकामाथि जोड दिँदै अनुशासन र जिम्मेवारीका साथ काम गर्न आग्रह गरे। उनले जनमुखी योजनाको प्रचार–प्रसार गाउँस्तरसम्म पुर्याउन युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।
युवा उपाध्यक्ष खरेलले पार्टीप्रति आभार व्यक्त गर्दै युवा शाखा अझ एकजुट र सशक्त बन्नुपर्नेमा जोड दिए। सभामा युवा महासचिव युगेन राईले विभिन्न तहमा नियुक्त युवा पदाधिकारीहरूको विवरण प्रस्तुत गरेका थिए।








