रम्फु अनि तारखोलाका ८८ बाढी पीडितहरूले पाए घर निर्माणको राशि

IMG-20250907-WA0118

दार्जिलिङ: आज दार्जिलिङको लालकोठीमा एउटा बैठक डाकेर जीटीएले रम्फु अनि तारखोलाका ८८ बाढी पीडित घरहरुलाई घर निर्माण गर्ने राशिको पहिलो किस्ता भुक्तान गरेका छन्। राशि भुक्तानको समय जीटीए मुख्य कार्यपाल अनित थापाले भने, “मैले वचन दिए अनुसार ढिलो नै भए पनि वचन पूरा गरेको छु। सरकारी काम हो, कागज पत्र ठीक हुनुपर्छ, त्यसको अनुमोदन हुनुपर्छ। त्यसैले राहत राशि भुक्तानी गर्न धेरै ढिलो भयो।”
टिस्टाका पीडितहरूले एनएचपीसीबाट पुनः सर्वेक्षणको मांग गरेको कारण आज रम्फू अनि तार खोलाका पीडितहरुलाई मात्र राहत राशि प्रदान गरिएको बताइएको छ।
घर निर्माणको राशि ३ लाखको रहनेछ अनि यो तीन किस्तीमा दिइनेछ। आज वितरण गरिएको राशि पहिलो किस्तिको राशि हो।
४ अक्टोबर २०२३ को दिन टिस्टामा आएको बाढीमा घर क्षतिग्रस्त भएकाहरुलाई प्रदान गरिएको हो। आपदा विभागका कार्यकारी निर्देशक एम मोदकले जानकारी दिँदै भने, “राशि ब्याङ्कमार्फत भुक्तानि गरिएको छ। राशि प्राप्त गरेपछि परिवारले आफै घर निर्माण शुरु गर्नु पर्नेछ। पहिलो किस्तिको राशि एक लाख रहेको र कार्य समाप्त भएपछि विभागले कामको निरीक्षण गर्नेछ अनि त्यही अनुरुप दोस्रो अनि तेस्रो किस्ताको भुक्तानी गर्नेछ।”

About Author

Advertisement