रमेश बन्धु स्मृति ग्रन्थ लोकार्पण हुने

IMG-20231031-WA0218.jpg

सोनादा: नेपाली भाषा अनि साहित्यका अनन्य साधक एंव सेवक रमेश बन्धु प्रकाशनका संस्थापक रमेश केसीको स्मृतिमा प्रकाशन गरिएको सुकार्यहरू रमेश बन्धु स्मृतिग्रन्थ आगामी दिनाङ्क ५ नोभेम्बर आइतबारको दिन सोनादाको न्यूलाईट क्लब सार्वजनिक भवनमा एक समारोहबीच लोकार्पण गरिने तय गरिएकोछ। रमेश बन्धु प्रकाशन अनि सोनादा साहित्य संस्थानको संयुक्त आयोजनामा सम्पन्न हुन लागिरहेको उक्त समारोहका अध्यक्षता भाषाविद् डा. गोकुल सिन्हाले गर्ने भएको छ भने प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. जीवन नामदुंग उपस्थित रहनेछन् साथै सोनादा, दार्जीलिङ, खरसाङ अनि वरिपरिका साहित्य एंव शिक्षा अनुरागीहरू उपस्थित बन्ने भएको छ। सत्तरको दशकदेखि रमेश बन्धु प्रकाशनको स्थापना गरेर आजसम्म यस प्रकाशनबाट थुप्रै साहित्यकारहरूका कृतिहरू प्रकाशित भईसकेका छन्। रमेश केसी प्रकाशक मात्र नभएर हिमाल पत्रिकाको सम्पादक पनि थिए। उनको साहित्यबाहेक समाज, संस्कृति, शिक्षा तथा मुद्रण क्षेत्रमा पनि विशिष्ट योगदानहरूको थियो। उनको योगदानहरूलाई स्मरण गर्दै उक्त दिन स्मृति ग्रन्थ लोकार्पण गर्दै सोनादा साहित्य संस्थानको मासिक साहित्यिक मन्थन कार्यक्रम अन्तर्गत ५ जना कविहरूले कविता पनि वाचन गर्ने जानकारी सोनादा साहित्य संस्थानको मूल सचिव नरेश कटुवालले दिएका छन्। त्यसरी नै उक्त लोकार्पण समारोहमा सबैलाई उपस्थित भईदिने रमेश बन्धु प्रकाशनका निर्देशक रसिक छेत्रीले निवेदन पनि गरेका छन्।

About Author

Advertisement